आज :

ताजा समाचार

दिल्लीलाई हराउँदै मुम्बई आईपीएलको दोस्रो स्थानमा

  admin    ६ बैशाख २०७६, शुक्रबार ०७:४१      796 Views

बैशाख ६, २०७६ इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा मुम्बई इण्डियन्सले दिल्ली क्यापिटल्सलाई उसकै मैदानमा ४० रनले पराजित गरेको छ। फिरोज शाह कोटला मैदानमा मुम्बईले दिएको १ सय ६९ रनको विजयी लक्ष्य पछ्याएको दिल्लीले ९ विकेट गुमाएर १ सय २८ रन मात्रै बनाउन सक्यो। दिल्लीका लागि शिखर धवनले सर्वाधिक ३५ रन बनाए। अक्षर पटेलले २६, पृथ्वि शा २० र क्रिस मोरिसले ११ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंकको रन जोड्न सकेनन्। दिल्लीलाई सस्तैमा समेट्न मुम्बइका राहुल चाहरले ३ र जस्प्रित बुम्राहले २ विकेट लिए। यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ६८ रन बनाएको थियो। मुम्बईका लागि कुनाल पाण्ड्याले नटआउट ३७ रनको योगदान गरे। क्विन्टन डि ककले ३५, हार्दिक पाण्ड्याले ३२, कप्तान रोहित शर्माले ३० र सूर्यकुमार यादवले २६ रन जोडे। जितसँगै मुम्बई अंकतालिकाको दोस्रो स्थानमा उक्लिएको छ। प्रतियोगिता अन्तर्गत शुक्रबार कोलकाता र रोयल च्यालेन्जर्स बैंगलोरबीच खेल हुने छ।


प्रतिक्रिया दिनुहोस