काठमाण्डौ । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाले आह्वान गरेको नेपाल बन्दले देशभरी नै आंशिक प्रभाव पारेको छ ।
उपत्यकासहित देशभरी नै बिहीबार फाट्टफुट्ट मात्र गाडी चलेका छन् । बिहानैदेखि लामो तथा छोटो दूरीका गाडी फाट्टफुट्ट मात्र चल्दा यात्रुलाई भने सास्ती व्यहोर्नु परेको छ । बन्दले परीक्षा दिन हिँडेका विद्यार्थीलाई समेत मर्कामा परेको छ । त्यस्तै बजार कलकारखाना र शैक्षिक सस्थाहरु खुलेका छैनन् । डर त्रासले सवारी साधन नचलाई बसेका व्यवसायीहरुलाई सुरक्षाकर्मीले सुरक्षा दिइरहेकाले ढुक्क भएर गाडी चलाउन प्रहरीले आग्रह गरेको छ ।