आज :

ताजा समाचार

एक्लै बस्न रुचाउने व्यक्तिमा हुन्छन् यस्ता विषेश लक्षणहरु

  admin    २ बैशाख २०७६, सोमबार ०६:५९      1583 Views

काठमाडौँ । एक्लै बस्न चाहनु र एक्लै हुन् दुई फरक कुरा हुन् । एक्लै बस्ने बानी भएको मानिस कहिल्यै आफु एक्लै भएको महसुस गर्दैन् । जो उनीहरुमा भएको एक अद्धितीय गुण हो ।उनीहरु प्राय एक्लै समय बिताउन चाहन्छन् । सधै एक्लै उबस्न चाहनेहरु प्राय एक्लै हुँदा खुसी हुन्छन् । आफैमा हराउने गर्छन् । एक्लै बस्ने भएपनि उनीहरुमा भित्री चलाखी अर्कै हुन्छ । हेरौँ केके हुन्छ एक्लै बस्न चाहने व्यक्तिमा हुने विशेष गुण ।

१.ठोस सीमारेखा  : प्राय एक्लै बस्न रुचाउने मानिसहरु स्वास्थयमा बलियो हुन्छन् । आफैले आफैलाई राम्ररी बुझ्छन् । जो सक्षम विचार भएका हुन्छन् । उनीहरुले आफ्नो सीमाको कुल आदार पाउनेछन् ।

२.वफादारी : उनीहरु अरुले जस्तो धेरै साथी बनाउँदैनन् । जब उनीहरु साथी बनाउँछन् । तर निकै वफादार हुन्छन् । उनीहरुले मित्रलाई आदार सम्मान गर्छन् । कोही साथी बनाउँछन् । तब कहिल्यै टुट्न सक्दैन् ।

३.खुला विचार : एक्लै बस्न रुचाएपनि कठोर भने हुँदैनन् । खुल्ला विचार भएका उनीहरु नयाँ गतिविधीमा प्रयास चालिरहेका हुन्छन् । आफ्नो जीवनालाई बन्द कोठामा सिमित गर्न चाहदैनन् । नयाँ नयाँ कुराहरुको खोज अनुसन्धान गर्न बढी चाहन्छन् ।

४.स्तरिय हेडनेस : उनीहरुमा अविश्वासनीय बलियो र स्थिर हुन्छन् । आफुलाई बलियो ठान्ने भएकाले लगातार आत्मा प्रतिबिम्ब हुन्छ र एक्लै समय बिताउँछन् । यद्यपी यस्तो बानीले कहिले काही तनाव बेहोर्नु पर्ने हुन्छ । एक्लै भएको समयमा आफ्नो समस्या आफै हल गर्छन् ।

५.आत्म जागरूकता : हामी आफ्नो विचार र विर्मशलाई वेवास्ता गर्छौ । तर एक्लै बस्न चाहने मानिसहरु त्यहि कामलाई डटेर सामना गर्छन् । अधिकांशले आफुलाई चिन्दैनन् । एक्लै बस्न चाहनेहरुले आफुलाई राम्रोसँग चिनेका हुन्छन् । प्राय धेरै मानिसहरु आफ्नै कारण डिप्रेशनमा परेका हुन्छन् तर शुुन्यतामा रमाउने मानिस कहिल्यै डिप्रेशनमा पर्दैनन् ।


प्रतिक्रिया दिनुहोस