धुलिखेल – जिल्ला प्रहरी कार्यालय काभ्रेको प्रमुख एस्पी रबिराज खड्काले समुदाय र प्रहरी एकसाथ जान पर्ने बताउनुभएको छ ।
निजी तथा आवासीय विद्यालयहरुको संगठन (प्याब्सन) काभ्रेको प्रहरी बिद्यालय सम्पर्क कार्यक्रममा बोल्दै एस्पी खड्का अबको समय भएको हामी प्रहरी र समुदाय एकजुट भएर अगाडी बढ्न पर्ने बताउनुभयो । उहाको अनुसार “सबै जिल्लामा नेपाल सरकार र नेपाल प्रहरी मिलेर सामुदायिक साझेदारी प्रहरी कार्यक्रम ल्याइएको छ” । अहिले देशमा भएको बालबिबाह, साइबर क्राइम, यौन दुर्यबहार जस्ता कुरा स्कुलमा पढ्ने भाईबहिनिहरुलाई सिकाउनको लागी प्याब्सन काभ्रे सँग जिल्ला प्रहरी कार्यालय काभ्रेको ३ महिनाको १ दिन समय माग गरेको खड्काले बताउनुभयो ।
प्याब्सन काभ्रेको प्रहरी बिद्यालय सम्पर्क कार्यक्रम भने सामुदायिक शाखा प्रमुख प्रहरी सहायक निरीक्षक अमर खड्काले सहजिकरण गर्नुभएको थियो । अमर खड्काले स्कुलला भाईबहिनिलाई कसरी कक्षा लिने भने बारे प्रस्ट पार्नुभएको थियो । ०-४ सम्म कस्ता खाल्को बिषय उठाउने, ५-८ सम्म कस्तो बिषय उठाउने र ८-१२ सम्म कुन बिषय उठाउने कुरा बताउनुभएको थियो ।
उक्त कार्यक्रममा जिल्ला ट्राफिक प्रहरीका प्रमुख प्रहरी निरीक्षक निशेष चापागाईंले ट्राफिकको बारेमा जानकारी दिनुभयो । सोही कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख डिक बहादुर राई, प्याब्सन सदस्य सत्यनारायण श्रेष्ठ, प्याब्सन प्रदेश ३ का सचिव राममणी सापकाेटा, सह काेषाध्यक्ष श्री कृष्ण श्रेष्ठ लगाएतका उपस्थिती रहेको थियो ।