चालु आर्थिक वर्षको चार महिनामा भएका खर्च विवरणबारे ६ ओटा मन्त्रालयले जानकारी सार्वजनिक गरेका छन् ।
भौतिक पूर्वाधार, उर्जा, सहरी विकास, कृषि, उद्योग मन्त्रालय र पुनर्निर्माण प्राधिकरणले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आर्थिक विवरण बुझाएका हुन् । बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बैठक बसेको थियो ।
शहरी विकास मन्त्रालय
भवन निर्माण शीर्षकमा शहरी विकास मन्त्रालयले १३ प्रतिशत खर्च गरेको छ । शहरी विकास मन्त्रालयको मेसिनरीतर्फको पुँजीगत बजेट एक प्रतिशत मात्रै खर्च भएको जनाएको छ । यस्तै सार्वजनिक निर्माणको क्षेत्रमा मन्त्रालयले ९ प्रतिशत खर्च गरेको छ
उर्जा जलस्रोत तथा सिञ्चाई मन्त्रालय
उर्जा जलस्रोत तथा सिञ्चाई मन्त्रालयले भवन निर्माणमा ७ प्रतिशत खर्च गरेको छ । मेसिनरी औजारतर्फ मन्त्रालयले सबैभन्दा धेरै १६ प्रतिशत खर्च गरेको छ । सार्वजनिक निमार्णतर्फ उर्जाले १५ प्रतिशत खर्च गरेको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
भवन निर्माणमा यस मन्त्रालयले ६ प्रतिशत खर्च गरेको छ । मेसिनरी औजारतर्फ ३ प्रतिशत खर्च भएको छ भने सार्वजनिक निमार्णतर्फ १५ प्रतिशत खर्च भएको छ ।
कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालय
भवन निर्माणका क्षेत्रमा ६ प्रतिशत खर्च गरेको कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले मेसिनरी तर्फ ५ प्रतिशत खर्च गरेको हो ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले भवन निर्माण तर्फ ६ प्रतिशत रकम खर्च गरेको छ । उद्योग मन्त्रालयले सार्वजनिक निर्माणमा ६ प्रतिशत खर्च गरेको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालय
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले भवन निर्माणमा सबैभन्दा कम ५ प्रतिशत खर्च गरेको छ । सञ्चार मन्त्रालयले मेसिनरी औजारतर्फ पनि ५ प्रतिशत नै खर्च गरेको छ ।
बैठकमा प्रधानमन्त्री ओलीले ६ वटै मन्त्रालयको पुँजीगत खर्चको स्थिति सन्तोषजनक नरहेको भन्दै दोस्रो चौमासिकसम्ममा शतप्रतिशत नतिजा निकाल्न मन्त्रालयहरुलाई आग्रह गरेका छन् ।
यस के न्युजबाट साभार