प्रहरीलाई घुस दिन खोज्ने एक जना गाडी चालकपक्राउ परेका छन्। धादिङ घर भई काडमाडौं सतुंगलबस्ने ३३ वर्षीय एक बहादुर तामाङलाई मंगलवारदिउँसो प्रहरीले पक्राउ गरेको हो।
ट्राफिक प्रहरीले जाँच गर्ने क्रममा त्रिपुरेश्वरमा १ हजाररुपैयाँ घुस दिन खोजेकोले ट्राफिक प्रहरी प्रभागथापाथलीको टोलीले उनलाई पक्राउ गरेको प्रहरीनायव निरीक्षक सिद्दी गणेश शाहले जानकारी दिए।
ट्राफिक नियम उल्लंघन गरेकोले कारबाहीबाट बच्नघुस दिन खाजेको प्रारम्भिक अनुसन्धानबाट खुलेकोशाहले बताए। उनको बा २ ख ६१८६ नम्बर गाडीसमेतनियन्त्रणमा लिएको छ। उनका बारेमा थप अनुसन्धानभइरहेको प्रहरीले जनाएको छ।
Nagarik news