आज :

ताजा समाचार

भक्तपुरको सूर्यविनायकमा फेरि बर्डफ्लु, २ हजार २ सय कुखरा नष्ट

  admin    २७ चैत्र २०७५, बुधबार ०८:०९      948 Views

भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिका–१ तर्खगालमा बर्डफ्लु भेटिएको छ । मधुराम न्यौपानेले संचालन गरेको अनुस्कृत पोल्ट्री फर्ममा रहेका २ हजार २ सय कुखुरामा बर्डफ्लुको जिवाणु भेटिएको हो ।

मंगलबार भेटनरी अस्पताल तथा पशुसेवा बिज्ञ केन्द्र ललितपुरका बरिष्ठ पुश बिकास अधिकृत नारायण श्रेष्ठ सहित १० जनाको टोलीले कुखुरा नष्ट गरेको थियो ।

केही दिन अगाडीमात्र दधिकोट तर्खगालको सञ्चालित उत्कृष्ट बहुउद्देश्यीय कृषि फार्ममा पालिएका लेर्यस जातका कुखुरामा बर्डफ्लुको जिवाणु भेटिएको थियो ।

उक्त फार्ममा एच.वान.एन. वान बर्डफ्लुको भाइरस पत्ता लागेपछि फार्ममा रहेका २  हजार  ९ सय ८५ कुखुरा र २ हजार १ सय वटा अण्डा र १ सय  ५० केजी दाना र अण्डा वैज्ञानिक तरिकाले नष्ट गरिएको थियो ।


प्रतिक्रिया दिनुहोस