आज :

ताजा समाचार

नयाँ वर्षकै दिन सूर्यको राशी परिवर्तनले यी ८ राशीमा मिल्नेछ लाभ

  admin    २६ चैत्र २०७५, मंगलवार ०७:२०      650 Views

नयाँ वर्षकै दिन सूर्यको राशी परिवर्तनले यी ८ राशीमा मिल्नेछ लाभ !कही तपाईको राशी त परेन ?

काठमाडौ । ज्योतिषी शास्त्रका अनुसार नयाँ वर्ष २०७६ सालको बिहान ७ बजेर ५५ मिनेटबाट सूर्यले राशी परिवर्तन गरेर उच्च राशी मेषमा जादैछ । यो दिन सूर्यले मिन राशीबाट मेष राशीमा प्रवेश गरेकाले महासंयोग परेको छ ।त्यस्तै यो दिन आइतबार परेकाले अर्को राम्रो महासंयोग परेको छ । किनभने आइतबार सूर्यको बार र भगवान रामको जन्मदिन पनि हो । त्यसैले राशि चक्रमा पर्ने असर र महासंयोगले कुन राशिलाई कस्तो असर गर्छ ?हेरौ , कहि तपाईको भाग्य त चम्केन् ?

मेष राशी  मेष राशी हुनेहरुको लागी सूर्यको राशी परिवर्तनले हरेक क्षेत्रमा सफलता मिल्नेछ । मेष राशीले पाचौ भागको सिह राशीको स्वामी भई उच्च राशी परिवर्तन गर्न लागेको छ । त्यसैले यो राशीलाई पत्रकारिता क्षेत्र तथा राजनितिक क्षेत्रमा सफलता नै सफलता मिल्नेछ ।

मिथुन राशी  मिथुन राशी हुनेहरुका लागि पनि सुर्यको राशी परिवर्तनले शुभ नै रहेको छ । यो राशी भएको व्यक्तिहरुलाई सोचेको काममा सफलता मिल्ने , समाजसेवा र धर्म कर्ममा ध्यान जाने भएको छ ।

सिंह राशी  सिह राशी भएकाहरुको लागी सूर्यको राशी परिवर्तनले गर्दा नसोचेको सफलता मिल्नेछ । किनभने नवौ स्थानमा भएको सूर्यले यो राशीलाई सरकारी क्षेत्रमा सफलता ,भुमि ,धर्मकर्ममा तथा अन्य क्षेत्रमा पनि लाभ मिल्नेछ ।

कन्या राशी  आठौँ स्थानमा रहेको सुर्यले कन्या राशी भएकाहरुको पनि भाग्य चम्काउनेछ । जसले गर्दा धन लाभ ,विदेश यात्राको योग ,गोप्य काममा लाभ मिल्नेछ ।

वृश्चिक राशी  यो राशी हुनेहरुको लागी सुर्यको राशी परिवर्तनले हरेक कामहरु जस्तै राजनितिक , जागिर ,सरकारी जागिरमा पदोन्नति हुनेछ ।

धनु राशी  यो राशी हुने व्यक्तिहरुका लागि सुर्यको पाँचौं भावको प्रवेशले लाभ नै रहेको छ । जसले गर्दा सन्तान, विद्या , धन ,यात्रामा लाभ मिल्ने योग रहेको छ ।

कुम्भ राशी  यो राशी हुनेहरुका लागि सुर्यको राशी परिवर्तन्ले परिवारमा सुख , शान्ति ,जागिर र धन लाभ हुनेछ ।

मिन राशी मिन राशी हुने व्यक्तिहरुको लागी नयाँ वर्ष एकदमै फलदायी रहेको छ । जसले यो राशीमा सोचेको काममा सफलता ,विदेश यात्राको योग , धन लाभ हुनेछ ।
तर अन्य बाकी रहेको केही राशीहरुले भने सावधानी अपनाउनु पर्नेछ ।


प्रतिक्रिया दिनुहोस