चैत २६, २०७५ अछाम : पञ्चदेवल विनायक नगरपालिका–७ पुल्लेतोलामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ। सोमबार राति करिब ८ बजे परेको चट्याङबाट १६ वर्षीय जनक रावलको मृत्यु भएको प्रहरीले बताएको छ। घटनामा परी अन्य १० जना घाइते भएका छन्। घाइतेहरुको जिल्ला अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय विनायकका प्रमुख प्रहरी नायब निरीक्षक तिलकप्रसाद कलौनीले जानकारी दिए। घाइतेमध्ये गोविन्द रावल र धर्म रावलको अवस्था गम्भीर रहेको जनाइएको छ। चट्याङमा परी मृत्यु भएका रावलको शवलाई पोष्टमार्टका लागि जिल्ला अस्पतालमा राखिएको छ। पुल्लेतोलामा गत माघ १२ मा पनि चट्याङले २२ वर्षीया धनादेवी रावलको मृत्यु भएको थियो।