आज :

ताजा समाचार

काठमाडौंका ६४ होटल तथा गेष्ट हाउसबाट ५० जना युवायुवती पक्राउ.. पुरा विवरण हेर्नुहोस्

  admin    २४ चैत्र २०७५, आईतवार ०९:४७      666 Views

काठमाडौं -प्रहरीले काठमाडौंका होटल तथा गेष्टहाउसमा नियमित रुपमा छापा हान्न हान्न थालेको छ। शनिबार र आइतबार ६४ वटा होटल तथा गेष्ट हाउसमा छापा हानेको छ। ५० शंकास्पद व्यक्तिलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

होटल तथा गेष्ट हाउसमा अपराधिक गतिविधि हुने गुनासोको आधारमा छापा हान्ने अभियान सुरु गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी विश्वराज पोखरेलले बताए।

प्रहरीले शनिबार सुन्धारा र आइतबार कोटेश्वर क्षेत्रका होटलहरुमा छापा हानेको हो। नगर प्रहरीबाट समेत प्रहरी खटाएर छापा हानिएको थियो।

सार्वजनिक सुनुवाई कार्यक्रममा धेरै गुनासो होटलहरुको बारेमा आएपछि छापा हान्न थालिएको एसएसपी पोखरेलको भनाई छ।

सस्तो लोकप्रियताका लागि प्रहरीले होटलमा छापा हानेको र यसले व्यक्तिगत गोपनियता हनन गरेको कतिपयको आरोप छ। काठमाडौंका सबै होटलहरुमा नियमित रुपमा छापा हान्ने प्रहरीको तयारी छ।


प्रतिक्रिया दिनुहोस