आज :

ताजा समाचार

चौलागाइ प्रस्तिस्ठानको सातौ बार्षिक सधारण सभा सम्पन्न,चौलागाईं जनप्रतिनिधि देखि चौलागाईं एसईई उत्कृष्ट बिद्यार्थी समेत सम्मानित

  admin    २४ चैत्र २०७५, आईतवार ०९:४३      600 Views

२४ चैत, भक्तपुर ।  चौलागाईं प्रतिष्ठान केन्द्रीय समितिले आफ्नो सातौं बार्षिक उत्सब समारोह षणिबार एक कार्यक्रम बीच सम्पन्न भएको छ । सो समारोहको अवसरमा देशका विभिन्न जिल्लाबाट चौलागाईं बन्धुहरुको बाक्लो उपस्थिति रहेको थियो ।विभिन्न ठाउ मा रहेर देश को सेवामा रहेका चौलागाईं जनप्रतिनिधि लाई सम्मानपत्र, प्रशंसापत्र तथा प्रमाणपत्र द्वारा सम्मान गरिएको थियो । त्यसैगरी एसईई मा उत्कृष्ट हुने चौलागाईं बिद्यार्थी लाई समेत सम्मान गरिएको थियो । कार्यक्रममा प्रमुख अथिती पुर्ब मन्त्री कमल चौलागाईं हुनुहुन्थ्यो उहाले भन्नु,”भयो प्रस्टिस्ठान स्थापनाको छोटो अवधिमा नै उल्लेख्य काम र प्रगति गरेको र बन्दु हरुलाइ एक बनाउने वातावरण बनाउँदै चौलागाईं हरुको हक हित मा काम गर्न सफल भएको छ ।” प्रतिस्ठान का सचिब देबेन्द्र चौलागाईंले आज सम्म चौलागाईं बन्दु हरुलाइ यो ठाउँ मा जम्मा गर्न र विभिन्न हक हित मा काम गर्न सकेको मा आफुलाई गर्व लागेको समेत बताउनु भएको थियो । कार्यक्रममा चौलागाईं बन्दुले गीत तथा नृत्य आदिका माध्यमबाट आफ्ना प्रतिभा समेत प्रस्तुत गरेका थिए । सथै सनिवार नया कायसमिती समेत निर्बाचित भएको हो जसमा डा. रमेश प्रसाद चौलागाईं अध्यक्ष, भुपेन्द्र चौलागाईं प्रथम उपाध्यक्ष, प्रेम चौलागाईं दितिय उपाध्यक्ष, शोभा चौलागाईं तृतिय उपाध्यक्ष, देबेन्द्र चौलागाईं महासचिब्, दिपक चौलागाईं उप महसचिब्, चित्रकुमार चौलागाईं सचिब्, चन्द्रमणी चौलागाईं कोषाध्यक्ष, शरद चौलागाईं सदस्य, पुष्पा चौलागाईं सदस्य, गोविन्दप्रसाद चौलागाईं सदस्य, शिवप्रसाद चौलागाईं सदस्य, भरत चौलागाईं सदस्य, रामप्रसाद चौलागाईं सदस्य , बिष्णुप्रसाद चौलागाईं सदस्यमा निर्बाचित भएका हुन ।


प्रतिक्रिया दिनुहोस