आज :

ताजा समाचार

काठमाडौँका कागमा बर्ड फ्लूको संक्रमण, सतर्कता उच्च

  admin    २४ चैत्र २०७५, आईतवार ०८:४३      204 Views

चैत २४, काठमाडौं ।  काठमाडौँका विभिन्न ठाउँमा कागमा पनि बर्ड फ्लूको संक्रमण देखिएको पशु सेवा विभागले जनाएको छ ।

पशु सेवा विभागका महानिर्देशक डा. विमलकुमार निर्मलका अनुसार बाँस घारी बढि भएका क्षेत्रमा मरेका कागको परीक्षण गर्दा बर्ड फ्लूकाे  संक्रमण पुष्टि भएको हो । लैनचौर तथा नारायणहिटी दरबार क्षेत्रमा मरेका कागको परीक्षण गर्दा बर्ड फ्लू भाइरस एच वान एन वान पाइएको महानिर्देशक डा. निर्मलले बताए ।

उनले भने, ‘कागमा बर्ड फ्लू देखिएको हो । हामीले मरेका कागलाई सुरक्षित ठाउँमा गाडेका छौँ । तर अरु जीवित कागलाई मार्न पाईँदैन । यसबारे वन्यजन्तु विभागलाई जानकारी गराएका छौँ ।’

लैनचौरको बेलायती दूतावास र राहदानी विभाग तथा नारायणहिटी दरबार क्षेत्रमा काग लगातार मरेपछि परीक्षण गरिएको र त्यसबाट बर्ड फ्लू पुष्टि भएको उनले जानकारी दिए । यसैबिच पछिल्लो समय काठमाडौँको तारकेश्वर र टोखा नगरपालिकाका विभिन्न फर्ममा रहेका कुखुरामा पनि संक्रमण देखिएको थियो ।

यस्तै ललितपुरको गोदावरी नगरपालिका, भक्तपुरको सूर्यविनायक नगरपालिका, मकवानपुरको हेटौँडा उपमहानगरपालिका, कास्कीको मादी गाउँपालिका, मोरङ्गको सुन्दरहरैचा नगरपालिका तथा सुनसरीको इटहरी नगरपालिकाका फर्ममा पनि बर्ड फ्लू पुष्टि भएको थियो ।

ती सबै क्षेत्रमा संक्रमणको जोखिममा रहेका कुखुरा तथा कुखुराजन्य उत्पादन नष्ट गरिएको डा. निर्मलले बताए ।


प्रतिक्रिया दिनुहोस