आज :

ताजा समाचार

चट्याङले बैतडीमा दुई जना घाइते

  admin    २४ चैत्र २०७५, आईतवार ०७:४१      356 Views

चैत २४, २०७५ बैतडी : चट्याङ लागेर दशरथचन्द नगरपालिक–२ देहीमाण्डौंमा दुई जना घाइते भएका छन्। घाइते हुनेमा १९ वर्षीया तुलसी रावत र २० वर्षीया ममता रावत रहेका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक दीपक पातलीले जानकारी दिए।  शनिबार साँझ घरभित्रै बसेका बेला मोबाइलमा कुरा गर्दै गर्दा चट्याङ परेर दुबै जना घाइते भएका हुन्। उनीहरुको जिल्ला अस्पताल बैतडीमा उपचार भइरहेको छ। घाइतेमध्ये तुलसीको हात र छातीको भाग जलेको चिकित्सकले जनाएको छ।


प्रतिक्रिया दिनुहोस