काठमाडौं । इरानमा एक सातादेखि परेको वर्षाका कारण ७० जनाको मृत्यु भएको छ भने हजारौं प्रभावित भएका छन् । इरानका अधिकांश स्थानमा एक सातादेखि परेको भारी वर्षापछि आएको बाढीमा परी ७० जनाको मृत्यु भइसकेको बीबीसीले जनाएको छ । अहिलेसम्म ८६ हजारलाई स्थानान्तरण गरिएको र भारी वर्षाबाट प्रभावित अन्यलाई पनि सार्न लागिएको बताइएको छ ।
इरानमा अझै केही दिन भारी वर्षा हुने पूर्वानुमान पछि महिला तथा बालबालिकालाई पहिलो प्राथमिकतामा राखेर उद्धार गरिएको छ । सुसानगर्ड र कुजेख्स्तान क्षेत्रबाट मात्रै ५० हजारलाई शनिबारै उद्धार गरिने इरानको विपद व्यवस्थापन समितिले उल्लेख गरेको छ ।
इरानमा डुबानमा परेका ७० गाउँका स्थानीयलाई यसअघि नै उद्धार गरिएको छ । बाढीका कारण १ हजार ९ सय शहर तथा गाउँ प्रभावित भएका छन् । जसका कारण सडक, पुल भवनहरुमा समेत क्षति पुगेको छ ।