आज :

ताजा समाचार

बारा र पर्साको हावाहुरी : ‘टोर्नाडो’ भएको पुष्टि

  admin    २४ चैत्र २०७५, आईतवार ०६:३६      416 Views

बारा र पर्सामा २८ जनाको ज्यान लिने गरी आएको हावाहुरी ‘टोर्नाडो’ भएको नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नास्टले पुष्टि गरेको छ ।

नास्टका मौसमविद मदनलाल श्रेष्ठसहितको टोलीले गरेको अध्ययनबाट नेपालमा विध्वंश मच्चाउने गरी आएको हावाहुरीको नाम टोर्नाडो भएको पुष्टि भएको हो। यस्तो प्रकारको हावाहुरी नेपालमा पहिलो पटक आएको पनि अध्ययन टोलीले पत्ता लगाएको छ ।

के हो टोर्नाडो

यो एक प्रकारको हावाहुरी नै हो । टोर्नाडो आउँदा आकाशबाट बादलसहितको शक्तिशाली वायु सोली धर्तीमा आउँछ । सोली बनेर आउने वायु जुन ठाउँमा ठोक्किन्छ त्यहाँ ठूलो बिना निम्त्याउने गर्दछ ।

टोर्नाडो आउँदा सुख्खा हुरीसहितको बादल र पानीसहितको बादल, चट्याङ, असिना पनि आउने गर्दछ ।

सेन्टिनियल नामको भूउपग्रहबाट गरिएको अध्ययनले नेपालामा आएको हावाहुरी टोर्नाडो भएको पुष्टि गरेको श्रेष्ठले बताए ।


प्रतिक्रिया दिनुहोस