२२ चैत, भक्तपुर । भक्तपुरको जडिबुटीमा टिप्परको ठक्करबाट फेरि एकजनाको ज्यान गएको छ ।
बिहीबार राति २ बजेतिर जडिबुटिको पेट्रोल पम्प अगाडि बा ४९ प ७४४५ नम्बरको स्कुटरलाई टिप्परले ठक्कर दिँदा सिन्धुलीको भिमानका बालकृष्ण कार्कीको ज्यान गएको प्रहरीले जनाएको छ ।
तीनजना चढेको स्कुटरमा रहेका सर्लाहीका जुनबहादुर आचार्य र रौतहटका भरत कार्की घाइते हुनुभएको छ । ठक्कर दिएको टिप्परको खोजी भइरहेको पनि प्रहरीले जनाएको छ ।
गएकाे बुधबार पनि जडिबुटीमा टिप्परकाे ठक्करबाट एकजना मोटरसाइकल चालकको ज्यान गएकाे थियो ।