आज :

ताजा समाचार

१३ वर्षीया बालिका बलात्कार गर्ने झाँक्री पक्राउ

  admin    २२ चैत्र २०७५, शुक्रबार ०७:२१      1506 Views

भक्तपुर – १३ वर्षीया बालिका बलात्कार गरेर फरार भएका झाँक्री (झारफुक गर्ने व्यक्ति) लाई प्रहरीले पक्राउ गरेको छ । बिरामी बाबुको झारफुक गर्न गएकी १३ वर्षीया बालिकालाई मकवानपुरको मकवानपुर जिल्ला मकवानपुरगढी गाउँपालिका-५, घर भई चाँगुनारायण नगरपालिका ८ मा बस्दै आएका गुरु रोशन भन्ने हिरामणि पौडेलले गएको १९ गते मंगलबार दिउँसो बलात्कार गरेर फरार भएका थिए ।

तीन दिनपछि उनलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिनुभयो । मध्यपुरथिमि नगरपालिका-१ लोकन्थलीमा भाडामा सञ्चालन गरेको झारफुक केन्द्रमा गएकाे १९ गते बिरामी बाबुलाई साथी गएकी १३ वर्षीया बालिकालाई धामी घिमिरेले बलात्कार गरेको अभियोगमा पक्राउ गरिएको प्रहरीको भनाइ छ ।

घिमिरेले आँखामा पट्टी बाधेर उपचार गर्नुपर्छ भन्दै बाबुको आँखामा पट्टी बाँधेर उपचार गर्ने नाममा बालिकाको मुख थुनेर बलात्कार गरेको प्रारम्भिक अनुसन्धानमा खुल्न आएको छ । पीडित बालिकाले धामीले आफूलाई जबर्जस्ती गरेको बाबुलाई बताएपछि १९ गते नै प्रसूति गृह थापाथलीमा बालिकाको स्वास्थ्य परीक्षण गरिएको र त्यही दिन जाहेरी आएको प्रहरीको भनाइ छ ।

पीडितबाट जाहेरी आएलगत्तै प्रहरीको टोली १९ गते नै घटनास्थल पुग्दा धामी घिमिरे फरार भएको र खोजी गर्ने क्रममा रसुवाको कालिका गाउँपालिका नं. ३ कटुन्जेस्थित आफन्तको घरमा लुकिछिपी बसेको अवस्थामा भेटिएको थियो । उनीविरुद्ध जिल्ला अदालत भक्तपुरबाट जबरजस्ती करणी मुद्दामा म्याद थप गरी अनुसन्धान सुरु गरेको छ ।


प्रतिक्रिया दिनुहोस