आज :

ताजा समाचार

बलात्कारीलाई जन्मकैद

  admin    २२ चैत्र २०७५, शुक्रबार ०७:११      503 Views

काठमाडौं : १० वर्षभन्दा कम उमेरकी बालिका र ७० वर्ष पुगेका वृद्धालाई बलात्कार गर्नेलाई जन्मकैदको व्यवस्था गरिएको छ। संघीय संसदबाट पारित मुलुकी अपराध संहिता २०७४ सम्बन्धी संशोधन विधेयकमा पहिलेको सजायमा थप गर्दै जन्मकैदको व्यवस्था गरिएको खबर नागरिक दैनिकमा छ। यसअघि यो कसुरमा २० वर्षसम्म कैदको व्यवस्था थियो। १० वर्षभन्दा कम उमेरकी बालिका, पूर्ण अशक्त, अपांगता भएका वा ७० वर्षभन्दा बढी उमेर पुगेका महिलालाई बलात्कार गर्नेलाई जन्मकैद हुने व्यवस्था गरिएको हो। मुलुकी अपराध संहिता २०७४ को दफा २१९ को उपदफा ३ को खण्ड(ख) मा १० वर्ष जा त्योभन्दा बढी उमेरकी बालिका भए १८ वर्षदेखि २० वर्षसम्म कैद सजाय हुने व्यवस्था गरिएको छ। सामूहिक रूपमा जबर्जस्ती करणी गरेमा वा ६ महिनाभन्दा बढीकी गर्भवती, अशक्त वा अपांग वा शारीरिक वा मानसिक रूपमा अस्वस्थ महिलालाई हातहतियार देखाई जबर्जस्ती करणी गरेमा माथिको सजायमा थप पाँच वर्ष कैद सजाय हुने व्यवस्था गरिएको छ। तर पूर्ण अशक्त, अपांगता भएकी महिला भए जन्मकैदको व्यवस्था गरिएको छ।


प्रतिक्रिया दिनुहोस