आज :

ताजा समाचार

२४ घण्टाभित्रै चालकलाई लाइसेन्स उपलब्ध गराउँदै विभाग

  admin    १९ चैत्र २०७५, मंगलवार ०६:४२      796 Views

काठमाडौं : यातायात व्यवस्था विभागले अत्यावश्यक सेवाका लागि २४ घण्टा भित्र विद्युतिय सवारी दिन सुरु गरेको छ। त्यस्तै २ महिनापछि सर्वसाधारणलाई दिदै आएकाे अनुमति पत्र एक साता भित्रै सो उपलब्ध गराइने विभागले जनाएको छ। विभागका महानिर्देशक  कुमार दाहाललले वैदेशिक रोजगारीमा रही ड्राइभिङ काम गरिरहेका श्रमिक, अध्ययनका लागि विदेश जाने विद्यार्थी, कूटनीतिक नियोगका कर्मचारी, सेना प्रहरीका लागि एक दिनमै लाइसेन्स दिन सुरु गरेको जानकारी दिए।  अत्यावश्यक क्षेत्रका लागि छुट्टै प्रिन्टरको व्यावस्था पनि विभागले गरेको महानिर्देशक दाहालले जानकारी दिएको खबर गोरखापत्र दैनिकमा छ। त्यसका लागि विदेशमा काम गर्ने श्रमिकले काम गरिरहेको कागजपत्र र हवाई टिक उपलब्ध गराृनु पर्ने हुन्छ भने विद्यार्थीले भिसा र हवाइ टिकटका साथ निवेदन दिनुपर्ने र तोकिएका नियोकका कर्मचारीले कायाएलको सिफारिस पेश गर्नुपर्ने व्यवस्था गरिएको छ ।


प्रतिक्रिया दिनुहोस