आज :

ताजा समाचार

कसरी आयो तराईमा विनाशकारी हावाहुरी, कस्तो रहला अबको तीन दिन मौसम ?

  admin    १९ चैत्र २०७५, मंगलवार ०६:३५      501 Views

काठमाडौं । आइतवार साँझ आएको हावाहुरीले नेपालको मध्य तराईका दुई जिल्लामा धनजनको ठूलो क्षति भयो। मौसमविद्हरूका अनुसार प्रिमन्सुन सुरु भइसकेको छ । चैतदेखि जेठसम्मको समय नेपालमा प्रिमन्सुनका क्रमा ठूलो क्षतिसमेत हुनसक्ने सम्भावना रहन्छ । स्थानीय वायुको प्रभाव र भारतको मध्यप्रदेशमा निम्न चापीय क्षेत्र विकसित हुँदा हावाहुरीले शक्तिशाली स्वरूप लिएको मौसदविद मीनकुमार अर्याले जानकारी दिनुभयो ।

उहाँका अनुसार स्नीय वायुकै प्रभावले बादल धेरै बनेर एकैचोटि तल खनिँदा हावाहुरी सिर्जना भएको हो । तर यति ठूलो हावाहुरी आउने अनुमान भने मौसमपूर्वानुमान महाशाखाले पनि गरेको थिएन । वायुको प्रभाव उच्च भएकाले पूर्वानुमान संयन्त्रमा सचेत गराउनेगरी कुनै सङ्केत देखिको थिएन।

आजदेखि तीनदिनको मौसम

आज दिउँसोः देशको पहाडी भू-भागहरुमा आंशिक  देखि सामान्य बदली रहनेछ भने बाँकी भू-भागहरुमा आंशिक बदलि रहनेछ ।  देशको पहाडी भेगको थोरै स्थानहरुमा र पुर्वी तराई भेगका एक दुइ स्थानमा मेघ गर्जन सहित क्षणिक वर्षाको संभावना देखिन्छ । हिमालि भेगका थोरै  स्थानमा हल्का हिमपातको संभावना छ।

राति: देशका पुर्वी भेगमा आंशिक देखी सामान्य बदली रहनेछ भने पश्चिम र मध्यका पहाडी भू-भागहरुमा  आंशिक बदलि हुनेछ भने बाँकी भू-भागहरुको मौसम सामान्यतया सफा रहनेछ। पुर्वी भु-भागका एक दुइ स्थानमा मेघ गर्जन सहित क्षणिक वर्षाको संभावना देखिन्छ।

चैत्र १९ गते (मंगलबार) :

दिउँसोः देशको पुर्वी भू-भागहरुमा आंशिक  देखी सामान्य बदली रहनेछ भने बाँकी भू-भागहरुमा आंशिक बदलि रहनेछ ।  देशको पुर्वी भू-भागहरुका थोरै स्थानहरुमा मेघ गर्जन सहित क्षणिक वर्षाको संभावना देखिन्छ।

राति: देशको पुर्वी भू-भागहरुमा आंशिक  देखी सामान्य बदली रहनेछ बाँकी भू-भागहरुको मौसम सामान्यतया सफा रहनेछ ।  देशको पुर्वी भू-भागका एक दुइ स्थानमा मेघ गर्जन सहित क्षणिक वर्षाको संभावना देखिन्छ।

चैत्र २० गते (बुधबार) :

दिउँसोः देशको पुर्वी र मध्य भू-भागहरुमा आंशिक  देखी सामान्य बदली रहनेछ भने बाँकी भू-भागहरुमा आंशिक बदलि रहनेछ ।  देशको पुर्वी भू-भागहरुका थोरै स्थानहरुमा मेघ गर्जन सहित क्षणिक वर्षाको संभावना देखिन्छ।

राति: देशको पुर्वी र मध्यका पहाडी भू-भागहरुमा आंशिक  देखी सामान्य बदली रहनेछ भने बाँकी भू-भागहरुको मौसम सामान्यतया सफा रहनेछ ।  देशको पुर्वी पहाडी भू-भागका एक दुइ स्थानमा मेघ गर्जन सहित क्षणिक वर्षाको संभावना देखिन्छ।

साझा खबर सीआईएन बाट साभार


प्रतिक्रिया दिनुहोस