रुघाखोकी लागेमा असुरोको पात वा फुलको रस १० देखि १५ मिलिलिटर र सुपको रुपमा ४० देखि ८० मिलि प्रयोग गर्न सकिन्छ । ताजापातको रस निचोरेर मह वा अदुवाको रससँग मिलाएर खाने गर्दा पुरानो खोकीको लागि उपयोगि हुन्छ ।
रुघाखोकी लाग्दा ज्वानोको झोल बनाएर खाने चलन पनि छ किनकि ज्वानोको झोलले खकार निकाल्न मद्दत गर्छ । \
अदुवाको धुलो दुई देखि तीन ग्राम दिनको दुईपटक श्वास प्रश्वास समस्याहरुमा प्रयोग गर्ने सकिन्छ ।
सफा तुलसीको पातलाई पिनेर प्राप्त हुने रस (पाँच देखि दश मि.लि.) मा मह मिसाएर दिनको दुई देखि तीन पटक सेवन गर्दा सर्दी, खोकी, रूघा, निमोनिया, दम, आदिमा प्रभावकारी हुन्छ ।