आज :

ताजा समाचार

सन्दीप लामिछानेको टोली दिल्ली क्यापिटलको सुपर ओभरमा रोमाञ्चक जित

  admin    १७ चैत्र २०७५, आईतवार ०८:०५      388 Views

चैत्र १७ काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपीएल) को शनिबार राति भएको खेलमा सन्दीप लामिछानेको टोली दिल्ली क्यापिटलले जित हात पारेको छ । निर्धारित २० ओभरमा रन बराबरी भएपछि सुपर ओभरमा गएको खेलमा दिल्लीले बाजी मार्न सफल भयो ।

फेरोज शाह कोटला मैदान दिल्लीमा भएको खेलमा दिल्लीले टस जितेर पहिले बलिङ रोजपछि ब्याटिङमा उत्रिएको कोलकात्ताले २० ओभरमा ८ विकेट गुमाएर १८५ रन बनाएको थियो । १८६ रन को लक्ष्य पाएको दिल्लीले २० ओभरमा ६ विकेट गुमाइ १८५ नै रन बनाएपछि खेल सुपर ओभरमा धकेलिएको थियो ।

आईपीएलको यस सिजनमा पहिलो पटक खेल्ने मौका पाएका नेपालका लेग स्पीनर सन्दीप लामिछाने ४ ओभरमा २९ रन दिएर १ विकेट लिए । यस खेलमा सन्दीपको बलिङ दिल्लीका लागि सबैभन्दा किफायती हो ।


प्रतिक्रिया दिनुहोस