आज :

ताजा समाचार

चैतको मध्यमा पनि पानी रोकिएन, उपत्यकामा ९ दशमलब ६ मिलीमिटर पानी पर्‍याे

  admin    १७ चैत्र २०७५, आईतवार ०७:४५      1017 Views

काठमाडौं : उपत्यकाका अधिकांश स्थानमा अहिले हल्का पानी परिरहेको छ। शनिबारदेखि नै मेघ गर्जन र चट्याङसहित पानी पर्दै रोकिदै गरेको उपत्यकामा अहिले हल्का पानी परीरहेको जल तथा मौसम विज्ञान विभागको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ।  उपत्यकामा शनिबार ९ दशमलव ६ मिलीमिटर पानी परेको महाशाखाका मौममबीद् बरुण पौडेलले जानकारी दिए।   काठमाडौसहित पोखरा म्याग्दी र धनगढीमा  पानी परेको महाशाखाले जनाएको छ। शनिबारराति बदली भएको पश्चिमी भेगको मौसममा दिउँसो सुधार आउने देखिएपनि पुर्वी क्षेत्रमा भने मेघ गर्जनसहित पानी पर्ने संभावना छ। पुर्वी क्षेत्रमा आज मौसम बदली भएर दिनभर जसो हल्का पानी पर्ने मौसमबीद् पौडेलले जानकारी दिए।  देशका हिमाली तथा उच्च पहाडी क्षेत्रमा हिमपातको पनि संभावना रहेको छ। काठमाडौ उपत्यकाको आइतबार बिहानको न्युनतम तापक्रम १३ दशमलव ६ डिग्री सेल्सियस मापन भएको छ भने दिउँसो बढेर २३ देखि २५ डिग्री सेल्सियससम्म पुग्ने महाशाखाले अनुमान गरेको छ।


प्रतिक्रिया दिनुहोस