आज :

ताजा समाचार

नारायणी अस्पतालका डाक्टरले आफ्नै पत्नीको हत्या गरे

  admin    १६ चैत्र २०७५, शनिबार ०९:५०      172 Views

वीरगंज, नारायणी अस्पतालका डाक्टरले आफ्नै पत्नीको हत्या गरेका छन् । डाक्टर पतिको पिटाईबाट घाइते भएकी सुनिता यादवको निधन भएको हो । नारायणी अस्पतालमा कार्यरत डा. सचितानन्द यादवले आफनी श्रीमती सुनितालाई मरणासन्न हुनेगरी पिटेका थिए ।

गत बिहीबार फगुवाको दिन सुनितालाई माइती ल्याइएको थियो । माइत ल्याउँदा उनी त्यसबेला घाइते थिइन् । माइतीले तत्काल बीरगञ्जमै उपचार गर्यो । त्यसपछि थप उपचारका लागि काठमाडौंको शिक्षण अस्पताल महाराजगञ्ज भर्ना गरिएको थियो । उपचारको क्रममा आज निधन भएको हो ।

सुनितालाई आमा सम्फूल यादव, दाइ मोहन यादव र भाइ सन्तोष यादवले शिक्षण अस्पताल काठमाडौंमा स्याहार गरिरहेका थिए । यता सुनिताको निधन भएको छ भने उता पति डाक्टर सचितानन्द हिरासतमा छन् । हिरासतमा परे लगत्तै उनी विरामी परेको भन्दै आफू कार्यरत अस्पताल नायारणीमा भर्ना भएका छन् ।

‘सचितानन्द विरामीको बहाना बनाएर अस्पतालमा आरामसँग बसिरहेका छन्, उनी फरार हुन सक्छन्’ मृतक सुनिताकी मामा सुरेन्द्रले सनराइज खबरलाई बताए । उनले भने– ‘सुनितालाई पूरै परिवारले यातना दिएको थियो । उनीहरु विरुद्ध प्रहरीमा उजुरी पनि परेको छ । तर, सचितानन्दको आमा, बुवा र भाइ फरार भइसकेका छन् ।’

निर्घात पिटाईपछि सुनिताले मानसिक सन्तुलन गुमाएकी थिइन् । सुनिताको शरीरभरी निलडाम थियो । उनलाई घाँटी थिची हत्या गर्ने प्रयास गरिएको माइती पक्षको दावी थियो ।

सुनितालाई पहिले वीरगंजको गण्डक अस्पतालमा आईसीयुमा राखेर उपचार गरिएको थियो । अस्पतालका डाक्टर सुरेन्द्र यादवले बताए अनुसार अस्पताल ल्याईपुर्याउँदा सुनिताको स्वास्थ्य स्थिति नाजुक थियो । मष्तिष्कमा अक्सिजन नपुगेर हाईपोक्सीया स्टेजमा पुगिसकेकी थिइन् ।


प्रतिक्रिया दिनुहोस