आज :

ताजा समाचार

ईच्छाकामना गाँउपालिकामा तीनवटा गाईभैसी पाल्नेलाई एकलाख अनुदान

  admin    १० चैत्र २०७५, आईतवार ०७:२८      2289 Views

१० चैत्र २०७५,  चितवनको ईच्छाकामना गाँउपालिकाले तीनवटा गाई वा भैसी पाल्ने किसानलाई एकलाख रुपैँया अनुदान दिने तयारी गरेको छ ।
अनुदान लिन किसानबाट निवेदन माग गरिएकोमा गाँउपालिका भरीवाट जम्मा नौ जना किसानले फर्म भरेर बुझाएको गाँउपालिका पशुसेवा शाखा प्रमुख शोभाखर बस्ताकोटीले जानकारी दिनुभयो ।
गत माघ ७ गते , २९ गते र पछि अर्को एक पटक गरी तीन चरणमा सुचना जारी गरीएको बस्ताकोटीले जानकारी दिनुभयो । अब अनुदानको लागी निवेदन दिएका किसानको गोठमै पुगेर अनुगमन गरेपछि रकम दिईने गाँउपालिकाले जनाएको छ ।
गाँउपालिकाले तय गरेको मापदण्ड अनुसार अनुदान पाउँन किसानको एउटै गोठमा तीनवटा लैना अर्थात दुहुना गाई वा भैंसी हुनुपर्नेछ ।
गाँउपालिका अध्यक्ष गीताकुमारी गुरुङ्गले किसानलाई गोठ ब्यबस्थापन गर्न र किसानलाई प्रोत्साहन गर्न अनुदान रकम दिन लागिएको बताउनुभयो । यस कार्यक्रमका लागि गाँउपालिकाले यस बर्ष ८ लाख रुपैयाँ छुट्टाएको छ । आवश्यक्ता अनुसार यसलाई वृद्धि गर्दै लैजाने अध्यक्ष गुरुङ्गले बताउनुभयो ।


प्रतिक्रिया दिनुहोस