आज :

ताजा समाचार

नेपाली युवाहरुको चम्कियो भाग्य : शुन्य लिने भयो बैशाख देखि नेपाली कामदार, अब मासिक लाखौँ कमाउने अवसर खुल्यो (पुरा विवरण हेरी शेयर गर्नुहोस्)

  admin    ८ चैत्र २०७५, शुक्रबार ०६:२९      915 Views

काठमाडौं । सरकारले जापानसँग कामदार पठाउने साझेदारी सम्बन्धी सहमतिपत्र (एमओसी) मा हस्ताक्षर गर्ने अख्तियारी श्रम सचिवलाई दिएको छ ।

सरकारले नेपाल र जापान सरकारबीच मेमोरेन्डम अफ कोअपरेसनमा हस्ताक्षर गर्नका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव महेशप्रसाद दाहाललाई अख्तियारी प्रदान गरेको हो ।

पुस २५ गते नेपालको भ्रमणमा आएका जापानी विदेशमन्त्री तारो कोनो र नेपालका परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली नेतृत्को द्विपक्षीय वार्ताका क्रममा सहमति पत्रमा हस्ताक्षर गर्ने सहमति भएको थियो।

दुई दिने नेपाल भ्रमणका क्रममा नेपाल आएका जापानी परराष्ट्रमन्त्री र नेपाली समकक्षीबीच भएको वार्तामा जापानमा नेपाली कामदार पठाउने विषयमा छलफल भएको थियो। जापानले त्यहाँको संसदबाट कामदार भर्ना सम्बन्धी नयाँ कानुन पारित गरेको छ। उसले नेपाललाई कामदारको स्रोत देशको रुपमा समेत राखेको छ।

चैत ४ गते सोमबार बसेको मन्त्रिपरिषदको बैठकले साझेदारीसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गर्ने जिम्मेवारी श्रम सचिवलाई दिने निर्णय गरेको सरकारका प्रवक्ता गोकुल बास्कोटाले जानकारी दिए। नेपालले जापानमा जिटुजी मार्फत कामदार पठाउने छ । कामदारहरूले भाषा परीक्षा र सीप परीक्षा पास गर्नुपर्ने न्यूनतम योग्यता मापदण्ड तोकिएको छ ।

सन् २०१९ को अप्रिल महिनाबाट कार्यावन्वयनमा आउने भनिएको सो न‌ीतिअनुसार विदेशी कामदारहरूले १४ वटा औद्योगिक क्षेत्रमा काम गर्न पाउनेछन्। ती कामदारहरूलाई मुख्य रूपमा नर्सिङ, सरसफाइ, उत्पादनमूलक क्षेत्र, होटल, कृषि, माछा मार्ने तथा खाद्य प्रशोधन आदि क्षेत्रमा काम गर्न दिइने जापानी सञ्चारमाध्यमहरूले जनाएका छन्।

आउँदो वैशाखमा जापानले कामदार भित्र्याउन परीक्षा लिने तयारी गरेको छ । १८ वर्ष पुगेका व्यक्तिलाई रोजगारीमा लैजाने र त्यसका लागि कुनैपनि किसिमको दलालको सहारा तथा कुनै रकम डिपोजिट राख्न नपर्ने व्यवस्था गरिने जापान सरकारले स्पष्ट गरेको छ।

जापानले नयाँ नीतिसँगै पहिलो पाँच वर्षमा ६० हजार नर्स भित्र्याउने लक्ष्य राखेको जनाएको छ। त्यस्तै रेष्टुरेण्ट क्षेत्रमा ५३ हजार भित्र्याउने लक्ष्य राखेको छ।

जापानले पहिलो पाँच वर्षमा ३ लाख ४५ हजार १ सय ५० कामदार लैजाने तयारी गरेको जापानी सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् । यीमध्ये वर्षमा झन्डै ४० हजार कामदार नेपालको भागमा पर्छन्। आउँदा वर्षहरूमा यो संख्या अझै बढ्ने बताइएको छ।


प्रतिक्रिया दिनुहोस