आज :

ताजा समाचार

१९ वर्षपछि नेपाल र कुवेत आमने सामने

  admin    ७ चैत्र २०७५, बिहीबार ०९:१७      461 Views

नेपालले आज मैत्रीपूर्ण फुटबल खेलमा कुवेतसँग प्रतिस्पर्धा गर्दैछ ।

नेपालले कुवेतसँग अली शाहव रंगशालामा कुवेतसँग प्रतिस्पर्धा गर्न लागेको हो । खेल नेपाली समयअनुसार राति ९ बजेर १५ मिनेटमा सुरु हुनेछ ।

गत महिनादेखि राष्ट्रिय टोली सम्हालेका मुख्य प्रशिक्षक योहान कालिनको यो पहिलो खेल हो । मुख्य प्रशिक्षक कालिनका लागि यो परिक्षण पनि हो ।

कुवेतविरुद्ध मैदान उत्रिँदा नेपालको जित्ने लक्ष्य रहेको छ । निकै लामो समयपछि नेपाल र कुवेत एक अर्कासँग आमने सामने हुन लागेका हुन् ।

नेपाल र कुवेत करिब १९ वर्षपछि एक अर्कासँग प्रतिस्पर्धा गर्दै छन् । यसअघि नेपालले कुवेतसँग सन् २००० मा एएफसी एसिया कपमा प्रतिस्पर्धा गरेको थियो । उक्त खेलमा नेपाल कुवेतसँग ५-० ले पराजित भएको थियो ।

नेपाली टोलीका मुख्य प्रशिक्षक कालिनले कुवेतविरुद्ध जित निकाल्ने दाबी गरेका छन् । ‘हाम्रो लागि यो खेल निकै महत्वपुर्ण छ । हामी जितको लागि खेल्ने छौं ।’

मलेसियासँगको मैत्रीपूर्ण खेल स्थगित भएसँगै नेपालले कुवेतसँग दुई मैत्रीपूर्ण खेल खेल्ने भएको छ । नेपालले दोस्रो मैत्रिपूर्ण खेल आगामी मंगलबार खेल्नेछ ।

 


प्रतिक्रिया दिनुहोस